गृह श्रमिकको समस्या समाधानमा सरकारले ध्यान नदिएको सरोकारवालाको आरोप

गृह श्रमिकको समस्या समाधानमा सरकारले ध्यान नदिएको सरोकारवालाको आरोप

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ, पुस ५।  

सरकारले गृह श्रमिकका समस्या समाधान गर्न ध्यान नदिएको आरोप सरोकारवालाहरुले लगाएका छन् । आज राजधानीमा भएको गृह श्रमिकहरुको सम्मेलनमा सरोकारवालाहरुले यस्तो आरोप लगाएका हुन् ।

गृह श्रमिकको पहिचान, अधिकार, सामाजिक सुरक्षा र जीविकोपार्जनका क्षेत्रमा भएको समस्या समाधान गर्न सरकार उदासिन देखिएको उनीहरुको आरोप छ ।

उनीहरुले नेपालमा करिब २२ लाख गृह श्रमिकको अवस्था नाजुक रहेको बताएका छन् । त्यसमा पनि भूकम्प प्रभावित क्षेत्रका गृह श्रमिकको अवस्था झनै दयनीय रहेको उनीहरुको भनाइ थियो ।

गृह श्रमिकले उत्पादन गर्ने सामग्रिको कच्चा पदार्थ र बजारीकरणमा समस्या भएको भन्दै उनीहरुले उचित मूल्यमा कच्चा पदार्थ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले गृह श्रमिकको सामाजिक संरक्षणमा ध्यान दिन सरकारसँग आग्रह गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ