काठमाडौ ५ पौष ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीको दुखका दिन अन्त्य गर्न सरकार लागि परेको बताउनु भएको छ । हुम्लाको सिमिकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले कर्णालीका जनताको जीवनस्तर उकास्न तथा सुधारका लागि सरकारले विषेश पहल गने बताउनु भयो । उहाँले हुम्लामा जलविद्युत खेल मैदान पर्यटकीय पूर्वाधार निर्माणमा लगायतको योजनामा आवश्यक बजेट विनीयोजन गर्ने घोषणा गर्नु भयो ।
सिमीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे लगत्तै प्रधानमन्त्री दाहालले हुम्लाको हिल्सामा पुल उद्घाटन गर्नु भएको थियो । पुल उद्घाटन गर्दै उहाँले तोकिएको समय भन्दा पहिले काम गर्ने कर्मचारीलाई पुरस्कार दिने समत बताउनु भएको थियो ।
चीन सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हिल्सा पुल सन्चालमा आएपछि नेपाल चीन जोड्ने अर्को ढोका समेत खुला हुनेछ ।
कर्णालीमा पुल नहुादा यसअघि हेलिकप्टरबाट हिल्सा पुग्नुपर्ने र गाडीबाट यात्रा गर्नेले झोलुङ्गे पुल पार गरी सिमासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता समेत रहेको थियो । यो पुल सन्चालनमा आएसँगै मान सरोवर कैलाशयात्रामा जाने तीर्थयात्रीलाई समेत सहज हुने भएको छ ।
प्रधानमन्त्री दाहाल आजै सुर्खेतमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम समेत रहेको प्रधानमन्त्रीका स्वकीय सचिव मनोहर प्रसाद तिम्सिनाले जानकारी दिनुभयो । उहाँ दिउँसो २ बजे सुर्खेतमा नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
नेकपा माओवादी केन्द्रले संविधान कार्यन्वयन, पार्टी संगठनको सुदृढीकरण, निर्वाचन लगायतका सम्बन्धमा तीन महिने अभियान सन्चालन गरिरहेको छ ।