पाँचथर, पुस ५ ।
पूर्वी पहाडी जिल्लामा अत्याधिक चिसो बढेपछि सर्वसाधारण प्रभावित भएका छन् । चिसोका कारण स्थानीयको दैनिकीसमेत प्रभावित भएको छ ।
अत्याधिक चिसो बढेपछि पूर्वी पहाडी पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम लगायतका जिल्लामा बिहान बेलुका हिँड्डुल गर्न र काम गर्न समस्या भएको छ ।
चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा समस्यामा परेको छ । चिसोका कारण बालबालिका र वृद्धावृद्धा बिरामी पर्न थालेपछि अस्पतालमा चाप बढेको छ ।
रुखा, खोकी, ज्वरो, टाइफाइड, झाडापखालालगायतका बिरामीको चाप बढेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।
अस्पतालले चिसोको समयमा न्यानो कपडा लगाउन, तातो खानेकुरा मात्रै खान सर्वसाधारणलाई अपील गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline