गल्यो चन्द्रागिरी , ठूलो मात्रामा घट्यो रेष्टुरेन्टमा खानेकुराको भाउ

गल्यो चन्द्रागिरी , ठूलो मात्रामा घट्यो रेष्टुरेन्टमा खानेकुराको भाउ

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पुष ५ काठमाण्डौं । मिर्मिरे अनलाईन हुदै विभिन्न सञ्चार माध्यम र उद्घाटन भए लगत्तै कान्तिपुर दैनिकले समाचार प्रकाशित गरे पछि अत्तालिएको चन्द्रागिरीले डाडामा ठूलो मात्रामा मुल्य घटाएको छ ।
उपभोक्ताहरुको समेत चर्को दवाव आउन थाले पछि उसले झण्डै ४० प्रतिशत मुल्य घटाएको छ । चन्द्रागिरी हिल्सको प्रतिवद्धताका नाममा विभिन्न दैनिक पत्रिकाहरुमा विज्ञप्ति प्रकाशित गरेर उसले सार्वजनिक गरेको मुल्य अनुसार उसले २ सय ९० रुपैया लिदै आएको ममलाई एक सय ६० मा झारेको छ ।
त्यसै गरी जेरी, पानी सहितका बस्तुमा उसले त्यतिकै अनुपातमा मुल्य घटाएको सार्वजनिक गरेको छ । डाडामा एकलौटी व्यापार गरीरहेको हिल्सले पैसै तिरेर विज्ञप्ति छपाएको छ ।
बुझिए अनुसार पत्रिकाको रेट अनुसार नै महाप्रवन्धक अभिषेक विक्रम शाहको नाममा विज्ञप्ति रकम खर्च गरेर दैनिक पत्रिकाहरुमा प्रकाशित गरिएको हो ।  यस अघि शुरुमा उसले डाडामा खाना लान सुरक्षाको कारण भन्ने भ्रामक कारण देखाएर रोक लगाएको थियो ।
विभिन्न मिलेमतोमा उसले सस्तोमा सरकारी जग्गा र वन फडानी गरेर होटल , रेष्टुरेन्ट, चिल्ड्रेन पार्क जस्ता संरचना बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ