तिवारीको हत्याको विरोधमा आज रुपन्देही बन्द

तिवारीको हत्याको विरोधमा आज रुपन्देही बन्द

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ पुस ५ ।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज रुपन्देहीमा बन्द गरिएको छ । घटनाको सत्यतथ्य छानवीन, हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै युवा संघले रुपन्देही बन्दको आह्वान गरेको हो ।

रुपन्देही सहित लुम्बिनी अञ्चलका ६ जिल्लामा आज एक दिनका लागि बन्द आह्वान गरिएको युवा संघले जनाएको छ । बन्दका कारण बुटवल र भैरहवामा सवारी साधन सञ्चालनमा आउन सकेको छैन । पठनपाठन पनि ठप्प रहेका छन् ।

देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिको गोली प्रहारबाट गम्भीर घाईते भएका तिवारीको उपचारका क्रममा हिजो अपरान्ह निधन भएको थियो ।

हत्याको विरोध गर्दै हिजै साँझबाट आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताले आज बिहानैदेखि बुटवल क्षेत्रमा प्रदर्शन थालेका छन् ।

प्रारम्भिक अनुसन्धानमा देवदहका मनोज पुन नेतृत्वको समुहले तिवारीमाथि गोली हानेको देखिएको प्रहरीले दावी गरेपनि युवा संघले भने राजनीतिक प्रतिशोधका कारण हत्या भएको दावी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ