आदिवासी जनजाति महासंघको अधिवेशन आज निर्वाचन हुने

आदिवासी जनजाति महासंघको अधिवेशन आज निर्वाचन हुने

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पुष ५ काठमाण्डौं । नेपाल आदिवासी जनजाति महासंघको चितवनमा जारी नवौ महाधिवेशनमा आज निर्वाचन हुने भएको छ ।
प्रतिवेदन पारीत गर्दै चितवन घोषणा पत्र तयार भएकाले अब निर्वाचन मात्र बाकी रहेको महासंघले जनाएको छ ।  महासंघमा विभिन्न विवादका कारण तीन दिनमा सकिनु पर्ने सम्मेलन लम्विएको हो ।
अध्यक्षका लागि काग्रेस माओवादी र संघीय समाजवादीका तर्फबाट जगत बरामी र एमालेका तर्फबाट सूर्य भूजेलले उम्मेद्धारी घोषणा गरेका छन् ।  यसैबीच महासंघमा पहिचान भन्दा पनि राजनीति छिरेको भन्दै केही प्रतिनिधि पर्यवेक्षकहरु अधिवेशन छाडेर हिड्ने तयारीमा लागेका छन् ।
जम्मा ५४ वटा जातिय संस्थाका प्रतिनिधिले मत हाल्नु पर्ने भए पनि त्यसैमा समेत दलीय भागबण्डा र टाउको गन्ने , होटलमा बसाएर फकाउने जस्ता कार्यमा प्रत्यासीहरु लागेको आरोप प्रतिनिधिहरुको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ