काठमाडौ ५ पौष ।
परराष्ट्र मन्त्रालयले मानव तस्करीमा संलग्नहरूले ‘सोझा नेपालीहरूलाई फसाउन थाइल्यान्ड भिसा प्रयोग गर्न थालेको’ भन्दै सचेत रहन आग्रह गरेको छ । बैङ्ककस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै ‘तस्करहरूले सोझा नेपालीहरुलाई थाइल्यान्डसम्म ल्याएर आफैँले पक्राउने गरेको’ समेत जानकारी दिएको छ ।
मानव तस्कर÷दलालहरूले कैयौँ नेपालीहरूलाई पर्यटक भिसामा थाइल्यान्ड ल्याई अमेरिका, अस्ट्रेलिया, क्यानाडा, गणतन्त्र कोरिया, युरोपेली मुलुकहरूलगायत विभिन्न आकर्षक गन्तव्य मुलुकहरूको भिसा लगाई ती मुलुकहरूमा पठाइदिने प्रलोभनमा पारी ठग्दै आएको देखिएको छ विज्ञप्तिमा भनिएको छ ।
दूतवासका अनुसार आकर्षक गन्तव्य मुलुकहरूको भिसा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा त्यहाबाट उक्त देशहरूमा जान समेत सजिलो हुने भन्दै तस्करहरूले ठग्ने गरेका छन् । ‘सिधासाधा नेपाली नागरिकहरूलाई सुरुमा सम्बन्धित देशको भिसा लागेपछि मात्रै रकम दिने सर्तमा बैङ्कक बोलाउने गरिएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहा“ आइसकेपछि अनेक बहाना बनाएर मानव तस्करले सकेसम्म धेरै पैसा असुल्ने र कानुनी रूपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहा“का प्रहरी प्रशासनलाई खबर गरी पक्रन लगाउने’ गरेको पाइएको छ ।
दूतावासले भिसाको अवधि बढाउन छिमेकी मुलुकहरू मलेसिया, सिङ्गापुर, क्याम्बोडिया आदि गएर आउन लगाउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, त्यहाँ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको भिसा उपलब्ध नहुने हुँदा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिन्छ ।
कतिपय अवस्थामा माथि उल्लिखित मुलुकको फर्जी भिसा लगाई कबोल गरेजति रकम असुल गरी पीडितलाई उक्त राहदानी दिने र सोको सूचना यहा“का प्रहरी प्रशासनलाई दिई आफैँले पक्राउ गराउनेजस्ता कार्य समेत भएको पाइएको दूतावासले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यस्ता मानव तस्करहरूले आफ्नो वास्तविक परिचय नखुलाई नक्कली नाम र ठेगाना बताएर ठग्ने हँुदा पीडितले निजहरूको विरुद्ध उजुरी गर्न समेत नसक्ने अवस्थाको सिर्जना भएको छ । पीडितहरू नै प्रहरीद्वारा पक्राउ पर्ने र पीडकको नाम, ठेगाना दिन नसक्ने अवस्थामा प्रहरीले पीडितहरूलाई नै कानुनी रूपमा दोषी ठह¥याई कारबाही गर्ने गरेको दूतावासले जानकारी दिएको छ ।