काठमाडौ ४ पौष ।
पाँच नम्बर प्रदेश टुक्राउने गरी सरकारले ल्याएका संविधान संशोधन प्रस्तावको विरोधमा बन्द गरिएका पश्चिम नेपालका जिल्लाहरु आजबाट खुलेका छन् ।
बन्द खुलेसँगै जनजीवन सामान्य बन्दै गएको छ । संशोधन प्रस्तावको विरोधमा जारी गुल्मी बन्द दुई दिनका लागि फिर्ता भएको छ ।
१९ दिन देखि जारी अनिश्चितकालीन बन्द आज र भोलीका लागि फिर्ता भएको संयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ । विरोधका अन्य कार्यक्रमहरु भने यथावत रहने जनाइएको छ ।
लगातारको बन्दले जनजीवन कष्टकर बनेको भन्दै अलोचन हुन थालेपछि अरु रचानात्मक कार्यक्रम गर्ने सहमति गरी बिहान ११ बजेदेखि बन्द फिर्ता लिएको समितिले जनाएको छ ।
लामो समयको बन्द हड्तालले सर्बसाधारणको दैनिकी कष्टकर बनेको थियो भने बन्दले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, साना व्यवसायी र विरामीहरु सबैभन्दा बढी मर्कामा परेका थिए ।
बन्द फिर्ता लिएपछि रुपन्देही, पाल्पा, लगायतका जिल्लाहरुमा यातायात, बजार, शिक्षण संस्था, कलकारखाना सञ्चालनमा आएका छन् ।
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म जुलुस, सभा, धर्ना लगायतका आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने जनाइएको छ ।