इन्धनको मुल्यवृद्धि फिर्ता नभए आन्दोलमा उत्रिने विप्लव माओवादीको चेतावनी

इन्धनको मुल्यवृद्धि फिर्ता नभए आन्दोलमा उत्रिने विप्लव माओवादीको चेतावनी

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ४ पौष ।  

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । महासचिव विप्लवले आज विज्ञप्ती जारी गर्नुहुदै विगतमा तोकिएको मूल्य नै अन्तर्राष्ट्रिय बजारको भन्दा बढी रहेको भन्दै अहिले बढेको मुल्य वैधानिक नरहेको उल्लेख गर्नुभएको छ ।

यसअघि अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा नेपालमा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने गरेकाले अहिले प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाउनु तर्क संगत नरहेको विज्ञप्तीमा उल्लेख छ ।

अत्याधिक मूल्य बृद्धि गर्नुमा आयल नगिमले गर्दै आएको घोटला, राज्य सञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा र्पुयाउनु बाहेक अन्य कुनै कारण नरहेको जनाइएको छ ।

मूल्य बृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाएको भन्दै पछिल्लो समय सरकारले इन्धनमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले आजदेखि लागु हुने गरी प्रतिलिटर चार रुपौयाँ ५० पैसा बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ