काठमाडौ ४ पौष ।
आफूहरुको मागको सुनुवाई नभएको भन्दै लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आमरण अनशन सुरु गरेका छन् ।
कर्मचारीले कोषको कार्यालय अगाडि टेन्ट टाँगेर आमरण अनशन सुरु गरेका हुन् । उनीहरुले कोषका सदस्य सचिव अजितमान तामाङलाई बखास्त गरिनुपर्ने लगायतका पाँच बुँदे माग अघि सारेका छन् ।
कर्मचारीहरुले कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीको विगत आन्दोलनको समयको तीन महिना १५ दिनको तलब तुरुन्त दिनुपर्ने, कोषका सम्पूर्ण कर्मचारीको बढुवा तथा सुविधा प्रदान गर्नुपर्ने लगायतका माग राखेका छन् ।
साथै उनीहरुले कोषमा भइरहेको अनियमितता र भ्रष्टचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने तथा भेदभावपूर्ण तरिकाबाट कर्मचारीमाथि भइरहेको कारबाही तुरुन्त रोक्नुपर्ने माग राखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline