काठमाण्डौ ,४ मंसिर ।
लगातार संसद बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठक पनि चल्न नदिने तयारी गरेको छ ।
आज बिहान एमाले संसदीय दलको कार्यालयमा बसेको एमालेसहित विपक्षी ८ दलको बैठकले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म सदनमा जारी अवरोध कायमै राख्ने निर्णय गरेका हुन् ।
यस्तै बैठकले पुस १७ गते खुलामञ्चमा आमसभा गर्ने निर्णय पनि भएको छ । मुख्य तीन दलको बैठक बस्नुअघि विपक्षी दलहरुको बैठक बसेको थियो ।
यस्तै एमाले संसदीय दलको बैठक पनि बस्दै छ । प्रमुख तीन दलको बैठकमा भएको सहमति पछि एमालेले संसदीय दलको बैठकबाट आवश्यक रणनीति बनाउने तयारी गरेको छ ।
प्रमुख दलहरु विच समझदारी भए एमालेले संसदीय दलको बैठकबाट संसदको गतिरोध अन्त्य गर्ने निर्णय लिने छ भने सहमति नभए सदनमा पार्टीको भूमिकालाई थप सशक्त बनाएर अघि बढने बताएको छ ।