काठमाण्डौ ,४ पुस ।
पृथ्वी राजमार्गको बेनिघाट ६ बिशालटारमा आज बिहान भएको सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७९३८ नम्बरको बसले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट राजबिराज जाँदै गरेको ना ५ ख ६१० नम्बरको बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुवै बसका गरी ९ यात्रु घाइते भएका छन् । दुर्घटनाका घाइतेहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बेनिघाटका सई भरत दुराले जानकारी दिनु भयो । दुवै बसका चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline