काठमान्डौ पुस ४।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दुवागढी– ५ मा गएराति भएको सवारी दुर्घटनामा पर दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको बिर्तामोड स्थित बिएन्डसी मेडिकल कलेजमा उपचारको क्रममा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline