निजी एयरलाईन्सले आजबाट ३० प्रतिशत हवाई भाडा बढाए

निजी एयरलाईन्सले आजबाट ३० प्रतिशत हवाई भाडा बढाए

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,४ पुस ।

निजी एयरलाइन्सहरुले दुर्गम बाहेक सुगम र पर्यटकीय रुटको हवाई भाडा आजदेखी लागू हुने गरी ३० प्रतिशतसम्म बढाएका छन् ।

बढेको भाडादर अनुसार पर्वतीय उडानको भाडामा सबैभन्दा धेरै २४ सय ७५ रुपैयाँ थपिएर ११ हजार रुपैयाँ पुगेको छ । यस्तै काठमाडौं–धनगढी रूटमा २३ सय रुपैया थपिएको छ ।

एकतर्फी भाडादर १० हजार १ सय रुपैयाँ रहेकोमा बढेको भाडा अनुसार आजदेखी १२ हजार २ सय रुपैयाँ बनाइएको छ ।

त्यसैगरी काठमाडौं देखि भद्रपुरमा १८ सय ७०, विराटनगरमा १६ सय ४५, जनकपुरमा ६ सय, सिमरामा ५ सय ६५, तुम्लिङ्गटारमा ९ सय ८५, भरतपुरमा ६ सय, भैरहवामा ११ सय ७०, पोखरामा ८ सय ९०, नेपालगंजमा २१ सय २५ रुपैयाँ थपिएको छ ।

त्यसैगरी पर्यटकीय रुट मानिने लुक्लामा १२ सय ४५ रुपैयाँ थपिएको छ भने पोखरादेखी जोमसोमको रुटमा ७ सय २५ रुपैयाँ थपिएको छ । यी क्षेत्रको यात्रु सेवा शुल्क २ सय रुपैंया भने यथावत छ ।

नेपालगंजबाट पहाडी रुटहरु सिमिकोट, जुम्ला, मुगुको रारा, बाजुरा, डोल्पामा हुने दुर्गम हवाई भाडा भने पुरानै छ । त्यसैगरी काठमाडौं र विराटनगरबाट पूर्वी पहाडी रुटमा हुने हवाई सेवाको भाडा पनि पूरानै छ । तर, हाल उडानमा रहेका एयरलाइन्सहरुले बढीमा २० प्रतिशत हाराहारी मात्रै दुर्गममा उडान भर्छन् ।

दुर्गम क्षेत्रका दर्जन बढी रुटमा भने वायुसेवा निगमले उडान भर्ने गरेको छ । निजी हवाई सेवा कम्पनी र नागरिक उड्डयन प्राधिकरण हरेक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने शर्त अनुसार, यसपटक भाडा बढाइएको जनाईएको छ ।

पर्यटन मन्त्री जीवनबहादुर शाहीले मंसिर २७ गते दिएको सहमती अनुसार आन्तरिक रुटमा उडान भर्ने निजी एयरलाइन्सको छाता संगठन वायुसेवा संचालक संघले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी