गुल्मी, पुस ४।
सरकारले प्रदेश नं ५ टुक्राउने गरी संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोधमा गुल्मीमा लगातार भइरहेको बन्द दुइ दिनको लागि फिर्ता हुने भएको छ ।
आज बिहान ११ बजेदेखि बन्द फिर्ता हुने संयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधनको बिरोधमा गुल्मीमा २० दिनदेखि बन्द भइरहेको थियो ।
लगातारको बन्दले जनजीवन निकै कष्टकर भएपछि बन्द फिर्ता लिएर अरु रचानात्मक कार्यक्रम गर्ने सहमति भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline