राष्ट्रिय परीक्षा बोर्डमा तालाबन्दी

राष्ट्रिय परीक्षा बोर्डमा तालाबन्दी

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

पुस ३, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आइतबार तालाबन्दी गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले हटाएको भन्दै तराई–मधेस लोकतान्त्रिक पार्टी निकट सङ्घले ५ बुँदे माग राखेर तालाबन्दी गरेको हो । सङ्घले म्याद सकिएका तीनजना कर्मचारीलाई तत्काल म्याद थप गरी काममा लगाउनुपर्ने, उनीहरुको विगत चार महिनादेखिको तलब दिनुपर्ने, परीक्षामा पर्यवेक्षकका रुपमा खटिएका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, प्राध्यापक सङ्घसँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, बोर्डका अस्थायी, करार र ज्यालादारीका कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष उदय तिवारीले बताए ।

बोर्डका सदस्य सचिव गौतमले भने नयाँ शिक्षा ऐनले तत्कालीन परिषद्लाई बोर्डमा रुपान्तरण गरेसँगै अनुगमन र म्यापिङको काम शिक्षा विभाग मातहत हुँदै आएकाले उनीहरुलाई हटाएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ