पोखरा, पुस ३ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले ल्याएको सदनको अबरोध नहट्ने बताउनु भएको छ ।
प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सरकारलाई संसोधन प्रस्ताव फिर्ता लिन माग गर्नुभयो ।
उहाले संशोधन प्रस्ताव बाहेकका कार्यसूचीमा छलफल गर्न एमाले तयार रहेको भन्दै संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिनुभयो ।
पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले सरकारले संशोधन प्रस्ताव ल्याएर मुलुकलाई द्वन्द्वमा धकेल्न खोजेको जिकिर गर्नुभयो ।
राष्ट्रिय स्वाभिमानका लागि आफ्नो पार्टी कहिल्यै पछि नपर्ने बताउँदै उहाले एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जान तयार रहेकोसमेत बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline