एमालेले संसदीय ब्यवस्थाको उपहास गर्यो : नेता सिंह

एमालेले संसदीय ब्यवस्थाको उपहास गर्यो : नेता सिंह

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

३ पुस, ललितपुर ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर प्रमाणित गर्न नेकपा एमालेलाई चुनौति दिनु भयको छ । संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर एमालेले संसदीय ब्यवस्थाको उपहास गरेको आरोप उहाँको आरोप थियो ।

आज सर्वोच्च नेता गणेशमान सिंहको पुर्ण कदको शालिक अनावरण गर्दै कांग्रेस नेता सिंहले संशोधन प्रस्तावले राष्ट्रियता झन् बलियो बन्ने बताउनु भयो।

हरहालतमा संशोधन विधेयक अगाडि बढ्ने भन्दै उनले संशोधन प्रस्ताव गलत भए प्रक्रियामा गएर फेल गराउन चुनौति समेत दीनु भयो ।

अहिले प्रमुख दलहरु जिम्मेवार बनेर संविधानलाई स्र्वस्वीकार्य बनाउने र कार्यान्यनको वातावरण बनाउनुपर्ने भन्दै उनले एमालेलाई आन्दोलन त्यागेर सहमतिमा आउन आग्रह गर्नु भयो ।

प्रमुख दलहरु मिल्न नसके मुलुक गम्भीर संकटमा फस्ने भएकाले जिम्मेवार बन्न नेता सिंहले एमालेलाई सुझाव दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ