काठमान्डौ पुस ३ ।
नेपालमा भारतले पुन इन्धन आपुर्तिमा अवरोध गरे तापनि क्षतिपूर्ति दिन भने अस्वीकार गरेको छ । इन्डियन आयल कर्पोरेसन आइओसील आगामी दिनमा पेट्रोलियम पदाथै नियममित रुपमिा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनु पर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो ।
भारतसँग इन्धन खरिद र आयातसम्बन्धि सम्झौता पुनरावलोकन गर्न आइओसी र नेपाल आअयल निगमका अधिकारी विच काठमान्डौमा भएको वार्तामा भारतीय अधिाकारीले नेपालको प्रस्तावलाई राजनीीतक विषय भएको भन्दै अस्वीकार गरेका हुन् ।
निगमका एक उच्च अधिकारीका अनुसार विगतमा भएको सम्झौताको त्रुटि सच्याउदै इन्धन आपूर्ति रोकै क्षतिपूर्ति दिनु पर्ने हाम्रो प्रस्ताव थियो । उनीहरुले यो राजनीतिक विषय भएको भन्दै क्षतिपूर्ति दिने विषय समावेश गर्न मानेन्न।
पुन अवरोध हुने अवस्था आउन नदिई आपूर्ति सुनिश्चित गर्नुपर्ने नेपाली पक्षको अडानलाई भारतीय अधिकारीले त्यसै टारेका हुन् ।
सन् २०१२ मा आइओसीसँग भएको सम्झौता सन् २०१७ को मार्चमा नवीकरण हुदैछ । हरेक पाँच वर्षमा नवीकरण हुने सम्झौतमा हस्ताक्षर हुनुअघि दुइ पक्ष विच छलफल गरेर विगतमा भएका त्रुटि सच्याउन छुटेका विषय थप गर्न आइ ओसी र निगमका अधिकारी विच काठमान्डौ र पोखरमा वार्ता भएको थियो ।