काठमान्डौ पुस ३ ।
श्रीलंकाको कोलम्बोमा जारी एसीसी अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो खेल अन्तर्गत आज मलेसिया सँग प्रतिस्पर्धा गर्दै छ ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपालले आजको मलेसियासँगको खेल लगभग जित्ने निश्चित छ । यिस अघि भएको खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रन तथा भारतसँग ६ विकेटले पराजित भएको थियो ।
समुह चरणको खेलमा आयोजक श्रीलंका, भारतसँग प्रतिस्पर्धा गरिसकेको नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
अर्काे समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline