गोरखा, पुस २।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अयोग्य, असक्षम र सत्ताको भोकमा रहेका नेताले गर्दा देश संकटमा फस्दै गएको बताउनु भएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित सभामा बोल्दै उहाँले ठूला राजनीतिक पार्टीका प्रमुख नेताहरु सत्ता स्वार्थमा लागेका कारण मुलुकको विकास हुन नसकेको धारणा राख्नुभयो ।
धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता उल्टो बाटो भएको भन्दै उहाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने तर्क गर्नुभयो । स्थानीय तहको निर्वाचन नहुँदा प्रजातन्त्र झनै कमजोर बन्दै गएको थापाको भनाई छ ।
यस्तै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकलाई राष्ट्रवादी शक्तिको खाँचो रहेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline