एमालेले मुलुकलाई गम्भीर दुर्घटनातर्फ धकेल्यो :लेखक

एमालेले मुलुकलाई गम्भीर दुर्घटनातर्फ धकेल्यो :लेखक

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

सुर्खेत ,२ पुस ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संसदलाई कुण्ठित पारेर विपक्षी दल एमालेले मुलुकलाई गम्भीर दुर्घटनामा धकेल्न खोजेको आरोप लगाउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उहाले संविधान संशोधन प्रस्तावको विरोधमा संसदलाई बन्धक बनाउनुभन्दा प्रक्रियामा गएर त्यसलाई विफल पार्न विपक्षी दलहरुलाई चुनौती दिनुभयो ।

संसदमा भएको निरन्तरको अबरोध एमालेका लागि समेत खातक रहेको भन्दै उहाले संशोधन प्रस्तावको विरोधमा सडकमा विरोध जनाउनुको पनि कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री लेखकले दुईवटा अतिवादले देशलाई द्वन्द्व र विखण्डनतर्फ धकेलेको आरोप पनि लगाउनु भयो । मन्त्री लेखकले आज बिहान पूर्वीसुर्खेतको रामघाटस्थित भेरी नदीको पुल शिलान्यास गर्नुभएके थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ