प्रदेश बिभाजनको बिरोधमा उफ्रिने नेताले अन्तिममा पार्टीको निर्णय नै मान्छन् : प्रचण्ड

प्रदेश बिभाजनको बिरोधमा उफ्रिने नेताले अन्तिममा पार्टीको निर्णय नै मान्छन् : प्रचण्ड

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

चितवन, पुस २ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यावस्थापिका संसदमा सरकारले दर्ता गराएको संबिधान संसोधन प्रस्ताव टेबल हुने बताउनु भएको छ ।

निर्वाचनका लागि संशोधन प्रस्ताव ल्याईएको दोहोर्याउदै प्रधानमन्त्री दाहालले अब टिट्टै प्रस्ताव संसदमा टेबल भई निश्कर्षमा पुग्ने दाबी गर्नुभयो ।

प्रेस सेन्टर नेपाल चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले संशोधनको विरोध गर्नुको कुनै अर्थ नरहेको भन्दै सबै मिलेर संविधान कार्यान्वयन तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।

संविधान संशोधनको प्रस्ताव अगाडि नबढाएसम्म निर्वाचन सम्भव नभएकाले यसको विकल्प प्रधानमन्त्री दाहालको भनाई छ ।

प्रदेश विभाजनको विषयमा आवेगमा आएर केहि नेताहरु आन्दोलनमा लागेको भन्दै उहाले भन्नुभयो , अहिले केही नेताहरु भावुक भएर आन्दोलनमा लाग्नु भएको छ, पछि उहाँहरु पार्टीको रुलिङ मान्नु हुन्छ, अन्तिम निर्णय पार्टीकै हुन्छ ।

अर्को प्रशंगमा प्रधानमन्त्री दाहालले पुरानै संरचनामा सबै तहको निर्वाचनमा गर्ने विषयमा कुनै सहमती नभएको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ