साउन १५ भित्रै कुलेखानी तेस्रोको निर्माण सक्न प्रमको निर्देशन

साउन १५ भित्रै कुलेखानी तेस्रोको निर्माण सक्न प्रमको निर्देशन

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

पुस २ , मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी साउन १५ भित्रै कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मकवानपुर स्थित आयोजना निर्माणस्थलको आज बिहान अवलोकन गरि प्रधानमन्त्री दाहालले कुलेखानी तेस्रोलाई निर्धा्रित समयभन्दा अगावै पूरा गर्न सरकारको तर्फवाट सबै किसिमको सहयोग र समन्वय रहने बताउनु भयो ।

कुलेखानी तेस्रोको पावर हाउस, टनेल, निर्माण स्थलको अवलोकनपछि प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि राष्ट्रिय आयोजना सहित महत्वपूर्ण परियोजनाहरु आफैले स्थलगत निरिक्षण र अनुगमन गरिरहेको बताउँदै अब आयोजनामा ढिलासुस्ती र अपारदर्शीता कुनै पनि हालतमा सैह्य नहुने बताउनु भयो ।

आव ०६३÷६४ मा निर्माण कार्य सुरु भएको उक्त परियोजना आगामी ०७४ साउनमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

४ अर्ब ६३ करोडको लागतमा निर्माण गरिने उक्त परियोजनावाट १४ मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । हालसम्म ८६ प्रतिशत कार्यसम्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी