कलेजको बस दुर्घटना हुदा १ जनाको मृत्यु

कलेजको बस दुर्घटना हुदा १ जनाको मृत्यु

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

ललितपुर, पुस २ । ललितपुर स्थित क्यारेबियन कलेजका बिद्यार्थी चढेको बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ २३ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय युवराज केसी छन् । पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बा २ ख ६९२२ नम्बरको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँमा दुर्घटना भएको हो । घाइते चालक र विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

बस सडकबाट करीब एक सय फिट तल खसेको प्रहरीले जनाएको छ । कच्ची सडकको मोडबाट चिप्लिएर बस तल खसेको प्रहरीले जनाएको छ । कलेज व्यवस्थापनका अनुसार विद्यार्थीहरू बस भाडामा लिएर आज पिकनिक गएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ