भारतले घोषणा गरेर पनि दिएन, चीनले दिएको पनि लिईएन

भारतले घोषणा गरेर पनि दिएन, चीनले दिएको पनि लिईएन

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पुष २ काठमाण्डौं । नेपालको राजनीतिमा वैदेशिक शक्तिको प्रभाव स्वरुप सहयोग लिने , स्वीकृत गर्ने मामला पनि त्यसरी नै चलखेल हुदा छिमेकी मुलुक चीनले भूकम्पको पुननिर्माणका लागि दिएको १५ अर्ब रुपैया गुम्ने देखिएको छ ।
यता भूकम्प पीडितलाई ५० हजार दिन समेत वर्षौ लगाएर अल्झिएको सरकारले विदेशी सहयोग लिने क्रममा समेत यस्तो लापरबाही गर्दा समस्या देखिएको छ ।
उता भारतले दिने भनेको एक खर्ब क्रृण ( भूकम्प पछि घोषणा गरेको , र मोदीको नेपाल भ्रमणका क्रममा भनिएको ) नदिए पनि सरकारले अपेक्षा गरीरहेको बताईएको छ ।
सरकार र ब्युरोक्रेसीमा भारतीय दवदवाकै कारण चीनले दिने भनेको १५ अर्ब रुपैया लिन मंसीर २० भित्रै सम्झौता गर्न आउन पटक पटक ताकेता गरे पनि सरकारले समयमै कुनै कदम चालेन । तर जब चीनले दिएको समय सिमा सकियो त्यस पछि मंसीर २६ मा सरकारले यस्तो निर्णय गरेको कान्तिपुरले उल्लेख गरेको छ ।

पकट पकट ताकेता गर्दा समेत रकम लिन नेपाली पक्षबाट तत्परता नदेखाईए पछि चीनले असन्तुष्टी जनाउदै आएको छ । चीनले पारवहन सन्धि सहित विभिन्न सहयोगको क्षेत्रमा पहल तीव्र पारीरहेका बेला ओली सरकार ढलेको थियो । परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले चीनीया दुतावास मार्फत बिहिबार पत्र पठाईसकिएकोले सहयोग हुन सक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ