प्रदेश विभाजनको बिरोधमा पश्चिमका बिभिन्न जिल्लामा प्रदर्शन जारी

प्रदेश विभाजनको बिरोधमा पश्चिमका बिभिन्न जिल्लामा प्रदर्शन जारी

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, पुस २ ।

पाँच नम्बर प्रदेश विभाजन गर्ने गरी आएको संबिधान संसोधन प्रस्तावको बिरोधमा आज पनि पश्चिमका बिभिन्न जिल्लामा बन्द तथा प्रदर्शन जारी छ ।

बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्लामा आन्दोलनकारीले आज पनि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको संयुक्त संघर्ष समितिले दोस्रो दिन पनि १२ वटा जिल्ला बन्दको आह्वान गरेको हो ।

बन्दका कारण जिल्लामा यातायात, पसल, शैक्षिक संघसंस्था सञ्चालन भएका छैनन् । पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदर्शनकारीले जिल्लामा सदरमुकाम केन्द्रित भएर आन्दोलन चर्काएका छन् । सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको हो ।

यता, गुल्मीमा पनि १८ दिनदेखि अनिश्चिकालिन आम हड्ताल जारी छ । बन्दले जनजीवन कष्टकर बन्दै गएको छ ।

लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ । सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ