‘पावर’को दम्भका कारण दुव्र्यवहारदेखि हत्यासम्म गर्नेमा शिक्षित नै अगाडि

‘पावर’को दम्भका कारण दुव्र्यवहारदेखि हत्यासम्म गर्नेमा शिक्षित नै अगाडि

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२ पुस । 

कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो ।

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ । घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ । आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो ।

७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो । यद्यपि, उनी बाँच्न सफल भइन् ।

पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्‍यो । राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ ।

शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन । देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन् ।

शिक्षितबाटै किन हुन्छ जातीय विभेद रु भन्ने जिज्ञासामा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवत्ता मोहना अन्सारी भन्छिन्   ,जो शिक्षित हुन्छ, उसलाई ‘मलाई कसैले छुन सक्दैन’ भन्ने दम्भ हुन्छ । राजनीतिदेखि सुरक्षा निकायसम्म पहुँच छ भन्ने घमण्ड हुन्छ । त्यसैले उनीहरू कानुनसँग नडराई खुलमखुल्ला विभेदमा उत्रने गर्छन् । अर्को कारण, जातीय विभेदको मुद्दाको राम्रो अन्त्य नभएर पनि हो । कानुनको सुनिश्चितता नै छैन । कानुन ठीकसँग कार्यान्वयन भएको छैन । त्यसैले पनि शिक्षितहरूबाट यस्ता घटना भइरहेका हुन् । -नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ