मधेसी मोर्चाका नेताले प्रधानमन्त्री र काग्रेस सभापति देउवालाई भेट्दै

मधेसी मोर्चाका नेताले प्रधानमन्त्री र काग्रेस सभापति देउवालाई भेट्दै

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ ,२ पुस ।

मधेसी मोर्चाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दै छ ।

संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव तत्काल अघि बढाउने बिषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री दाहाल र काग्रेस सभापति देउवासँग भेटवार्ता गर्न लागिएको तमलोपा अध्यक्ष महन्त ठाकुरले बताउनु भयो ।

एमालेको बिरोधका कारण संसोधन प्रक्रिया स्थगित गरेर निर्वाचनको तयारीमा जानेबारे प्रमुख तीन दलबीच संबैधानीक सहमती भएको समाचार सार्वजनिक भएपछि सत्तारुढ दलको धारणा बुझ्न प्रधानमन्त्री दाहाल र सभापति देउवासँग भेटवार्ता गर्न लागिएको मोर्चाले जनाएको छ ।

मोर्चा नेताहरुले प्रधानमन्त्री दाहालसँग अपरान्ह ४ बजे वालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मोर्चाले प्रधानमन्त्री र काग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट्ने प्रस्ताव गरेपनि प्रधानमन्त्रीले संयुक्त रुपमा भेट्ने तालिकासहित मोर्चा नेताहरुलाई बालुवाटारमा बोलाउनुभएको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।

एमालेको बिरोधलाई बाहना बनाएर संविधान संशोधन प्रक्रियालाई रोक्न खोजे मोर्चा आन्दोलनमा जानेवारे आजै सत्तारुढ दुई दलका शिर्ष नेताहरुको ध्यानाकर्षण गराइने उहाले बताउनुभयो ।

सरकार गठनका बेला भएको ३ बुँदे समझदारी अनुसार तत्काल संविधान संशोधन गर्ने दायित्व सत्तारुढ दलको भएको मोर्चाको ठहर छ ।

यसअघि हिजो तमलोपाका अध्यक्ष महन्त ठाकुर र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री दाहाललाई भेटेर संशोधन प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ