काठमाण्डौ ,२ पुस ।
नेपाल आदीबासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिबेशन आजबाट चितवनमा सुरु हुँदैं छ ।
‘पहिचान र अधिकार सहितको संघीयता आदिवासीको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ सुरु हुन लागेको महाधिवेशन सोमबारसम्म चल्ने छ ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा हुने महाधिवेशन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । बन्द सत्र भने नारायणी कला मन्दिरमा हुने महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले बताउनु भयो ।
महाधिबेशनबाट संविधान संसोधनको सम्बन्धमा कसरी अगाडी बढ्ने भन्नेबारे निष्कर्ष निकालिने, विधान संसोधन हुने र नयाँ नेतृत्व चयन संगै चितवन घोषणा पत्र जारी गर्दै महाधिबेशन सकिने छ ।
महाधिबेशनमा सहभागिता जनाउन संघको ७१ जिल्लाका जिल्ला समन्वय परिषदबाट १÷१ जना महिलारपुरुष , मातृ संस्था अन्तर्गत २२ देशबाट एक एक जना प्रतिनिधि आउने छन् ।
महाधिबेशनमा ५६ जातिबाट प्रतिनिधित्व गर्ने एक एक जनाले मात्र भोट हाल्न पाउने महासंघका महासचिव पेम्बा भोटेले जानकारी दिनुभयो ।
महाधिवेशनले १९ जना सचिवालय सदस्य र १ सय २९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । महाधिवेशन सुरु हुनुअघि नारायणी नदी पुलबाट झाँकीसहतिर्को याली निकालिने छ ।