काठमाण्डौ ,१ पुस ।
नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराई र तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्तावको टुङगो नलागि चुनाव घोषणा गरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका दुई नेताले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रस्ताव अघि बढाउनुको साटो पहिले चुनाव घोषणा गरिए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
सत्ता घटकबाट प्रतिपक्षी एमालेको संसद अवरोध छल्न संशोधन प्रस्ताव फिर्ता लिने अनि चुनाव घोषणा गर्ने सड्न्त्र भईरहेको भन्दै संविधान संशोधन प्रस्ताव तत्कालै अघि बढाउन माग गरेका छन् ।
जवाफमा प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव परिमार्जन गर्ने सोच बनाइरहेको भए पनि फिर्ता लिने सम्भावना नरहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline