विप्लव, वैद्य र मोहन विक्रम सिहंद्धारा भारतीय हस्तक्षेपका विरुद्ध सयुक्त सघर्ष गर्ने सहमति

विप्लव, वैद्य र मोहन विक्रम सिहंद्धारा भारतीय हस्तक्षेपका विरुद्ध सयुक्त सघर्ष गर्ने सहमति

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाण्डौं पुष १ । विप्वल नेतृत्वको नेकपा माओवादी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मशालले भारतले नेपालमा चौतर्फी रुपमा हस्तक्षेप बढाएको भन्दै सयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

तीन वटै पार्टीका शीर्ष नेताले आज सयुक्त विज्ञप्ति जारी गरी भारतले नेपालको प्राकृतिक स्रोत साधनमाथि गरीरहेको अतिक्रमण र राष्ट्रियतामाथिको हस्तक्षेपका विरुद्ध कार्यगत एकता गरी सयुक्त सघर्ष गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

साथै अप्रील २२ अर्थात बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस पनि सयुक्त रुपमा मनाउने निर्णय भएको सिंह, वैद्य र विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ