काठमान्डौ ,पुस १ ।
श्रीलंकाको कोलम्बोमा जारी एसीसी अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेलमा पनि खराब प्रदर्शन गर्दै भारतसगँ ६ विकेटले पराजीत भएको छ । यो पराजयसगैं नेपाल समुह चरणबाटै बाहिरीएको छ । यद्यपि, नेपालले एक खेल खेल्न बाकी छ ।
१ सय ७३ रनको चुनौति पछ्याएको भारतले ३३ दशमलभ ३ ओभरमा ४ विकेट गुमाएर भेट्यो । भारतको जितमा सुबम गिलले सर्वाधिक ५७ रन बनाए भने हिमान्सु रानाले ५१ रन जोडे ।
यसअघि टस जीतेर व्याटीङ गरेको नेपालले भारतलाई कुल १ सय ७३ रनको सामान्य लक्ष्य मात्र दिएको थियो । नेपालले ९ विकेट गुमाएर ५० ओभरमा १ सय ७२ रन जोडेको थियो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधीक अविजीत ६८ रनको योगदान दिएर सम्मानजनक स्कोर खडा गरेका थिए । उनले २ छक्का र चार चौका प्रहार गरे ।
सन्दिप सुनारले ७ रन, आरिफ सेखले ३४ रन ,शुभाङ्कर उरावले ९ रन, प्रकाश केशी १३ रन,दिपेन्द्र सिंह ऐरीले ३२ रन बनाएर आउट भएका थिए ।
अदिल खान र भीम सार्कीले भने एक रन पनि जोड्न सकेनन् । यस अघि हिजो भएको खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो ।
हिजो पनि जितको नजिक पुगेको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलमा श्रीलकासगँ एक रनले पराजित भएको हो ।
नेपालले आगामी आइतबार अव मलेसियाको सामना गर्ने छ ।
अर्काे समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।