तेह्रथुम ,१ पुस ।
तेह्रथुमको आठराईस्थित संक्रान्ती वजारमा लागेको आगो करिब द्धार घण्टा पछि नियन्त्रणमा आएको छ । स्थानीय अग्नी सेडाईको घरबाट शुरु भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट अग्नी सहित बद्री सेढाई, दिपेस सिटौला, अमृत गहतराज, सुर्य गुरुङ, नारायणी गुरङ, खड्ग आले, पुर्ण वहादुर आले, वुुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतका ३२ घर जलेर नष्ट भएको प्रहरीले जनाएके छ ।
मध्यान्ह १२ बजेवाट शुरु भएको आगलागीपाँचथरको फिदीमवाट पुगेको दमकलको सहायतामा स्थानीयबासी र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको हो ।
वजारका अन्य घरमा आगो सल्किन नदिन डोजर लगाएर आगालागि भएको आसपासका घरहरु भत्काईएको थियो ।आगलागीको कारण खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline