अङ्गीकृतलाई राष्ट्रपति बनाउने हाम्रो माग होईन : भण्डारी

अङ्गीकृतलाई राष्ट्रपति बनाउने हाम्रो माग होईन : भण्डारी

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, पुस १ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेसी मोर्चाले अङ्गीकृत नागरिकलाई राष्ट्रपति बनाउने माग नराखेको बताउनु भएको छ ।

पार्टीको राष्ट्रिय प्रशिक्षण कार्यक्रमको आज राजधानीमा उद्घाटन गर्दै भण्डारीले संबिधान संसोधन प्रस्तावलाई ओझेलमा पार्न नागरिकताको बिषयलाई उठाएर मोर्चामाथि आरोप लगाईएको बताउनु भयो ।

व्यवस्थापिका–संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई ओझेलमा पार्न नागरिकता तथा स्थानिय निकायको चुनावको कुरा अघि सारिएको बताउनु भयो ।

उहाले भन्नुभयोस्थानीय निर्वाचनको कुरा गर्नु संशोधनलाई ओझेलमा पार्ने षड्यन्त्र हो, यदि स्थानीय निकायको निर्वाचन गर्ने हो भने निर्दलीय आधारमा हुनुपर्छ ।

संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन मोर्चा सहमत रहेको भन्दै भण्डारीले त्यसका लागि प्रमुख प्रतिपक्षीसहितका सबै दलको छलफल र सहमति अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष भण्डारीले पहिले आफैंले सहमति गरेको विषयलाई अहिले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न नेकपा एमालेले राष्ट्रियताको बखेडा झिकेर सामाजिक विभाजन र विखण्डन गर्ने प्रयास गरेकाले त्यसप्रति आफ्नो पार्टी सचेत रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ