कुनै ताका सुन्दर सान्त देश भनिने हाम्रो देश नेपालको राजधानीमा अवस्थित पशुपतिनाथ को महिमा भिन्नै छ ।बिश्वले चिन्न पशुपति नाथको दर्शन गर्ने धर्मावलम्बी,आध्यात्मिक बिचार धाराका थुप्रै मान्छे हरुको घुइँचो देखिन्छ त्यही पशुपतिको शहर अर्थात हाम्रो देशको राजधानीमा दैनिक लाखौंको संख्यामा पशुबली हुने गरेको देखिन्छ यसरी बलि हुने पशुहरुमा खसी बाख्रा भेडा च्याङ्रा भैंसी रहेका छन ।पछिल्लो समयमा नेपालमा यो संख्या बढ्दै गयको छ गोरु जोत्नु अशुभ मानिने शहरमा यसरी जनावर काटिएको देख्दा पशुपतिको आशीर्वादमा हाम्रो देशलाई अर्थात देशका नेता जनता लाई के सदबुद्धि आउला ?
देशमा सान्ती समृद्धि कसरी होला? यो कुराले मान्छेको बलि बाट जन्मेको सरकारलाई के फरक पर्ला तेसैले मानव मा दया माया करुणा हरायको होला।
यस्तै बिजोग देखियो दासढुङ्गा बाट राजधानी तिर जादै गरेको लु२ख१२५ नम्बरको ट्रकमा लग भग ३०औ को संख्यामा रहेको भैंसी हरुको बथानमा सबै को सिग पुच्छर खुट्टा प्लास्टिकको नाक छेडेर डोरिले कसेको एउटा भैंसी बाटैमा मरेर गयो बचेको आधमरा भएको स्थितिमा देख्दा पछि पछि गुडिरहेको बस बाट देख्ने यात्रुलाई दयालागेर आयो बिचरा भैंसी हरु यिनै मानीस हरुलाइ आफ्नो सन्तानको मुखबाट खोसेर दुध प्रदान गरियो आज बदलामा हामिलाइ यस्तो दण्ड दिए भनेर सोचे होलान बोल्न नसके के भो अँखा बाट आशुका धारा खसाली रहेको देख्दा हृदयलाई रोक्न सकियन हैन भगवान ले मानिसलाई चेतनशील बनाउनु उदेश्य आफू मात्रै नभएर सिङ्गो प्राणी भएको अथवा ठोस बस्तुको ख्याल गरेर सांसारिक संबेदनसिलतालाइ नजीक बाट बुझेर रक्षा गरोस भन्ने हेतुले होला तर मानव नै निर्दयी भैदिय पछि किन “भुकम्प “बाढी पैरो हावा हुरी जस्तो प्राकृतिक ढंगले चेतावनी शोरुप पटक पटक फेरि पनि इशारा गरिरहेको जस्तो लागिरहेको छ।
अब राजधानीमा पशुबलि रोक्ने अभियानमा सबै नेपालीले जुट्नु पर्छ पुनः हाम्रो देशलाई सान्तीका अग्रदुत गौतम बुद्धकोदेश भनेर संसार लाई चिनाउने गरि सबैले जुट्नु पर्छ हाम्रो शहर हाम्रो देश भनेको हाम्रो भौतिक शरीरको मस्तिष्क जस्तै हो जसरी हाम्रो सिङ्गो भौतिक शरीर परिचालन गर्न हाम्रो मस्तिष्कको प्रभावकारी भुमिका हुन्छ त्यसरी नै हाम्रो देशको राजधानी बाटनै हाम्रो देशमा हुने सकारात्मक नकारात्मक परिवर्तन हरु भएको हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
