रोजगारीको नाममा प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राऊ

रोजगारीको नाममा प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राऊ

  • शुक्रबार, पुस १, २०७३
  • रुद्र खड्का

  • 8.3K
    SHARES

सिन्धुली, पुष १ ।

विपन्न वर्गका महिलाहरुलाई रोज गारी दिने तथा खाध्यन्न राहत साहयोग गर्ने नाममा सिन्धुलीको निपाने गाविसका स्थानीयसंग करिब ५ लाख संकलन गरेको आरोपमा एक जनालाई प्रक्राउ परेका छन् । धनुषा जिल्ला रगुथानपुर घर बताउने रामवली कुमरलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।
सरस्वती सेभिङ टेङिन सेन्टर भैरहवा नामक संस्थाको संयोजक हँु साथै यस संस्थाले १० धुर भन्दा कम जग्गा जमिन हुने विपन्न वर्गका महिलालाई आयआर्जनको लागि सिपमुलक तालिम र महिनामा एक वोरा चामल दिने भन्दै प्रत्यक घरबाट १्र१ हजार संकलन गरेको स्थानीय सुर्यमुखि महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अञ्जु कुमरले जानकारी दिनुभयो । संस्थाको लागि ५ सय ६० जना कर्मचारी आवश्यक रहेको भन्दै कर्मचारीको लागि अवेदन दिन १ हजार र विपन्न घर नाम दर्ताको लागि १ हजार लिएरको र करिब ५ लाख संकलन गरेको अध्यक्ष कुमरले जानकारी दिनुभयो ।

एउटा वडामा २० परिवारलाई फारम भर्ने कोटा भनेको भए पनि प्रत्यक घरबाट आवेदन भरेको र निपाने गाविसबाट मात्र करिब ५ लाख संकलन गरेको अध्यक्ष कुमरले बताएउनु भयो । मानिसलाई विश्वासमा पार्नको लागि एउटा वडामा एक सय पचास परिवारलाई चामल समेत उपलब्ध गराएको र खाद्यान्न उपलब्ध गराउने निपाने गा.वि.स. ९ झुगाका व्यापारीको ९० बोरा चालमको पैसा समेत नतिरी सम्पर्क्विहिन भएको अध्यक्ष कुमरले भनाइ छ ।
विपन्न वर्गका मानिसलाई राहत खाध्यन्न र सिपमुलक तालिम दिन भन्दै रामवली कुमरले भीमान, रानिवास, निपान र हर्षाही गाविसमा रकम संकलन गरेको स्थानीय रामेश्वर कुमरले जानकारी बताउनु भयो । करिब १ महिना अघि गाउ विकास समितिको कार्यालयमा आएर संस्थाको आधिकारीक पत्र सहित विपन्न वर्गका परिवारलाई शिक्षा, स्वास्थ्य, सिपमुकल तालिम दिने कार्यक्रम रहेको भन्दै जानकारी दिएको निपाने गाविस सचिव इन्द्रपसाद न्यौपानेले जानकारी दिनुभयो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ