विद्यार्थी परिषद्द्धारा राजधानीमा वृहत जनजागरण र्याली सम्पन्न

विद्यार्थी परिषद्द्धारा राजधानीमा वृहत जनजागरण र्याली सम्पन्न

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ पुस १ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राजधानीमा आज विहान राष्ट्रका लागि युवा नामक वृहत जनजागरण र्याली निकालेको छ ।

राजधानीको प्रदर्शनी मार्ग स्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको र्याली भृकुटी मण्डप, शहिदगेट, सुन्धारा, आरएनएसी हुदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाइ सम्बोधन गर्दै परिषद्का महासचिव रमेश कडेलले वर्तमान परिवेशमा मुलुकको विकासका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । साथै उहाँले विकास र समृद्धिका लागि युवाहरु एक जुट हुनु पर्नेमा जोड दिनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै परिषद्का राष्ट्रिय सचिव रोमी घिमीरेले लैङगीक भेदभाव तथा महिला हिंसा अन्त्यका लागि सबै युवाहरु एकजुट भएर अग्रसर बन्नु पर्ने बताउनु भयो ।

विद्यार्थी परिषदको काठमान्डौ महानगर इकाइले निकालेको वृहत जनजागरण र्यालीमा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । भ्रष्टाचार तथा दुव्र्यसन मुक्त समाज निर्माण हुनु पर्ने, राष्ट्रिय एकता र स्वाभिमान, शैक्षिक पुनरसंरचना हुन पर्ने लगायतको विभिन्न माग राख्दै विद्यार्थी परिषद्ले आजको र्याली निकालेको हो ।

विगत २१ वर्ष देखि राष्ट्र पुर्ननिर्माण गर्ने लक्ष्यका साथ काम गर्दै आएको विद्यार्थी परिषद्ले विद्यार्थीको हक हितका लागि विभिन्न सीपमूलक, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ