धादिङको भुमेस्थानमा जिप दुर्घटना : ३ जनाको मृत्यु

धादिङको भुमेस्थानमा जिप दुर्घटना : ३ जनाको मृत्यु

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १ पौष ।  

पृथ्वी राजमार्ग अन्तरगत धादिङको भुमेस्थान ६ मा आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुंग गाउँशहर–६ का २५ वर्षिया माधव धिताल, वेंसीशहर– १४ का ३१ वर्षीय विष्णुवहादुर रावत रहेको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी मृत्यु हुने अन्दाजी ४५ वर्षीया एक महिलाको भने सनाखत हुन नसकेको वैरेनी प्रहरीले जनाएको छ ।

दक्षिण धादिङवाट कच्ची सडक हुँदै पृथ्वीराजमार्गमा ओर्लन लागेको ग २ च ४५७२ नम्बरको जीप राजमार्गबाट करिब २ सय फिट तल खसेको हो ।

दुर्घटनाको कारण खुल्न नसकेपनि बिहानै बाक्लो हुस्सुका कारण बाटो राम्रोसँग देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ