काठमाडौ १ पौष ।
आगामी १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वकांक्षी लक्ष्यसहित हिजोदेखि राजधानीमा सुरु भएको उर्जा सम्मेलन अन्तरगत आज विभिन्न सत्रमा छलफल हुदैछ ।
सम्मेलनको दोस्रो दिन आज विभिनन देशका लगानीकर्ता र विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको उर्जा उत्पादकहरुको संस्था इपानका कार्यकारी निर्देशक पशुपति ढुंगेलले जानकारी दिनुभयो ।
उर्जा मन्त्रालय र इपानको संयुक्त आयोजनामा भइरहेको सम्मेलनमा नेपालसहित भार, बंगलादेश, चीन लगायत देशका लगानीकर्ता र विज्ञसहित करिब ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
सम्मेलन मार्फत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline