काठमाडौ १ पौष ।
असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले ल्याएको संविधान संशोधनको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा आजबाट पुनः बनद र प्रदर्शन सुरु भएको छ ।
लगातारको बन्दलाई केहीदिन थाती राखेका जिल्लास्थित विभिन्न समुह तथा संघर्ष समितिले पुनः बन्द आह्वान गरेका हुन् । आजदेखि अर्घाखाँची, रुपन्देही, प्युठान र रोल्पामा तीनदेखि आम हडताल आह्वान गरिएको छ ।
संयुक्त संघर्ष समिति पाल्पाले आह्वान गरेको ४८ घाण्टे आम हडतालको प्रभाव जिल्लामा बिहानैदेखि परेको छ । आम हडतालका कारण तयस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
यस्तै आज १७ औं दिनपनि गुल्मी जिल्ला बन्द कायम छ । बन्दका कारण शिक्षण संस्था ठप्प हुँदा पठनपाठन प्रभावित बनेको छ भने यातायातका साधान सन्चालनमा आउन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।
अर्घाखाँचीमा पनि जनप्रदर्शन तथा स्थानीयका विरोध प्रदर्शनमा विभिन्न दल जुटेका छन् । लगातारको बन्दका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।