आज देखि ट्राफिक व्यवस्थापनमा थप कडाइ हुने

आज देखि ट्राफिक व्यवस्थापनमा थप कडाइ हुने

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमान्डौ पुस १ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज देखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न नपाउने महाशाखाले जनाएको छ ।

तर महाशाखाले पानी तथा इन्धन बोक्ने सवारी साधनलाई भने कुनै रोक तोक नभएको बताएको छ । पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो ।

यस्तै माइक्रोबसले सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने, अनावश्यक सिट जोड्न नपाउने लामो दूरीका बसहरु बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ ।

यातायात व्यवस्था विभागको गत मंसिर २ गते भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि आजदेखि नियम कडाइका साथ लागू गर्न लागिएको हो ।

यातायात व्यवस्था विभागले उपत्यकाका बिद्यालय बसहरुलाई बिहान ९ बजेसम्म बिद्यालय पुगिसक्नुपर्ने र अपरान्ह चार बजे बिद्यार्थी छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ