मंसीर ३० काठमाण्डौं । मधेशी जनता पार्टीले आज सरकारलाई ज्ञापन पत्र बुझाउदै फटपाथमा बसेर व्यापार गरी गुजारा गर्ने साना व्यापारीहरुलाई नहटाउन आग्रह गरेको छ ।
जनतालाई रोजगारी र रोजीरोटीको व्यवस्था पनि नगर्ने र सडकमा सानो व्यापार गरेर गुजारा गर्नेलाई दवाउने नीतिको विरोध गर्दै आवस्यक परे पार्टीले नै आन्दोलन गर्ने समेत चेतावनी दिईएको छ ।
ज्ञापन पत्रमा भनिएको छ “ के हामी यो देशका नेपाली नागरिक होईनौ ? के हामीले आफ्नै देशको माटोमा गरीखान नपाउने नै हो त ? भनी प्रश्न गरिएको छ ।
सो पार्टीका अध्यक्ष महेश कलवारको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री कार्यलय र शहरी विकास मन्त्रालयलाई ज्ञापन पत्र दिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline