४३ सयको हवाई जहाज चढ्न ४२ सयको ट्याक्सी भाडा ?

४३ सयको हवाई जहाज चढ्न ४२ सयको ट्याक्सी भाडा ?

  • बिहिबार, मंसिर ३०, २०७३
  • निर्मला तिम्सिना

  • 5.8K
    SHARES

विराटनगर मंसीर ३० । शीर्षक हेर्दा के होला भन्ने पक्कै सोच्नु होला । तर यो साचो समाचार हो । मंसीर ३० गते विराटनगर विमानस्थलमा भेटिएका आदिवासी जनजाति महासंघका परिषद् सदस्य ईलामका किरण सुनुवारले झापा चन्द्रगढीबाट सौर्य एयरलाईन्सको काठमाण्डौं जाने टिकट १२ बजेका लागि काटेका थिए ।

तर दिनभरीमा पनि सो एयरलाईन्सले झ्यालको सिसामा ढुगा लागेको भन्दै उडान नगरे पछि यात्री र एयरलाईन्सका कर्मचारीबीच विवाद भए पछि सुनुवार हतार हतार विराटनगर ट्याक्सी लिएर लागे । उनले फोनबाटै टिकटको व्यवस्था गरेका थिए । विराटनगरबाट काठमाण्डौंको न्युनतम भाडा ४३ सय हाराहारी छ ।
उनले यही जहाज भेट्टाउन चन्द्रगढीबाट रिजर्भ गरेर ल्याएको ट्याक्सीको भाडा चाही ४२ सय परेको हो ।

लिम्वुवान बन्दले आज काठमाण्डौं आउन पाईदैन कि भन्ने भयले उनले त्यत्रो महंगो ट्याक्सी तिरेर राति नै विराटनगर आएर बसे पनि दिउसो सवा १२ बजेको विराटनगर काठमाण्डौंको बुद्ध एयरको उडान दिउसो सवा ३ बजे पछि मात्रै भएको थियो ।

उनी नेपाल आदिवासी जनजाति महासंघको चितवनमा पुष २ गतेबाट हुने नवौ महाधिवेशनका लागि जान लागेका हुन् । यस पटक सुनुवारले महासचिवमा उम्मेद्धारी दिने घोषणा गरेका छन् । तराईका विमानस्थलहरुमा बिहान अबेर सम्म बाक्लो हुस्सु लाग्ने भएका कारण यात्रुहरु समस्यामा पर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी