लैंगिक हिंस र मनोसामाजिक समस्या

लैंगिक हिंस र मनोसामाजिक समस्या

  • बिहिबार, मंसिर ३०, २०७३
  • – गोपाल ढकाल, मनोविद्

  • 14.7K
    SHARES

महिलालाई महिला भएकै नाताले तथा पुरूषलाई पुरूष भएकै कारणले अथवा लिंगका आधारमा महिला तथा पुरूषमाथि कुनै पनि प्रकारको हिंसा हुन्छ भने त्यसलाई लैंगिक हिंसा भनिन्छ । लैंगिक हिंसाले मानव अधिकारको उपहार गरिरहेको हुन्छ ।

पितृसतात्मक देशमा पुरूषभन्दा महिलाहरूनै वढी लैंगिक हिंसाको शिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिला माथी पुरूषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने अर्कोतर्फ महिलालाई महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू भेटिन्छन् । विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ ।

आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा, आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवार भित्र, श्रीमान, सासु, ससुरा, नन्द, भाउजु, दाजुभाई बाट महिलाहरू लैंगिक हिंसाको सिकार हुने गरेका छन् । महिला र पुरूषबीचको लैंगिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैंगिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेको छैन ।

पितृसतात्मक सोच र मानसिकताले यसमा ठूलो प्रभाव पारिरहेको छ । घरायसी वा समाजमा हुने गरेका महिलाहरू माथिका विभिन्न किसिमका हिंसा तथा शोषणहरू धेरैजसो बाहिर नल्याई भित्रभित्रै सुल्झाउने तथा ढाकछोप गर्ने गरिन्छ । यसले गर्दा महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त भई आत्महत्या समेत गर्ने गरेको पाइएको छ । महिलामाथि हुने हिंसाका स्वरूपहरू शरीरिक हिंसा कुटपिट, गाउँ, घोक्र्याउनु, लछारपछार गर्नु, जबरजस्ती यौन व्यवसायमा लगाउनु, बलात्कार, यौन दुव्यवहार, कामको बोझ थोपरेर दुःख दिनु आदि महिलाहरूमाथि हुने शारीरिक हिंसा हुन् ।

मानसिक हिंसाः अबशब्दको प्रयोग गर्नु, लान्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाक्षा दबाउनु, दुव्र्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल इन्टरनेटबाट धम्की दिनु, ब्लफकल गर्नु, अश्लिल तस्वीर सार्वजनिक गरी आत्महत्या गर्रेसम्मको अवस्था सिर्जना गर्नु मानसिक हिंसाका उदाहरण हुन् । परम्परागत हिंसा बालबिवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको छ । आर्थिक हिंसा महिलाहरूलाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हक महिलालाई नदिनुले महिलाहरू आर्थिक रूपमा हिंसाको शिकार भइरहेका छन् ।

राजनीतिक÷सामाजिक हिंसा महिलाहरूलाई, राजनीति, समाज सेवामा लाग्नबाट बञ्चित गराउनु, अवसरहरू नदिनु, राजनीतिमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् । लैंगिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखापर्ने गरेका छन् । मनोसामाजिक समस्या मानसिक स्वास्थ्य समस्या र महिलाविरुद्धका सबै प्रकारका हिंसाहरु एकआपसमा अन्तर सम्बन्धित रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सन् २०१२ मा ६ जिल्लाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौसय नमुना उत्तरदाता महिला मध्येमा ४ सय ३२ जनाले लैंगिक हिंसाको अनुभव गरेको उल्लेख गरिएको छ । लैंकि हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको २९ प्रतिशतमा आत्महत्या गर्ने सोंच आएको साथै ७ प्रतिशले आत्महत्याको प्रयास गरेको पाइएको छ ।

यी मनोसामाजिक समस्याका लक्षणहरूमा मन उदास हुने, अनावश्यक डर लाग्ने, चाडो रिस उठ्ने, ज्यादा चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने, समाजमा साथी भाईहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने, विभिन्न शारिरीक समस्याहरू देखापर्ने, आफू कमजोर भएको महसुस गर्ने, केही काम गर्न मन नलाग्ने, दिक्दार लाग्ने, एक्लो महसुस गर्ने, आत्महत्याको सोच आइरहने, निन्द्रा नलाग्ने, रून मन लाग्ने, के होला, कसो होला भनेर भविष्य, घर परिवारको मात्र चिन्ता गरिरहने आदी हुन्छ । लैंगिक हिंसाका कारण देखा परेका समस्याको समाधानको निम्ति,मनोविमर्श एवं भावनात्मक सहयोगका साथै अन्य आवश्यक सहयोग प्रदान गर्नुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी