काठमाण्डौ ,३० मंसिर ।
यसबर्षको कक्षा ११ को परीक्षामा ११ मा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज साझ प्रकाशित गरेको परीक्षाफल अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।
गत वर्ष ४९.२० प्रतिशत परीक्षार्थी पास भएका थिए ।
गत जेठ पहिलो साता सन्चालित परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी थिए ।
यसअघि मंसिर २१ गते बोर्डले ११ कक्षाको आंशिक तर्फको नतिजा प्रकाशित गरेको थियो ।
परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार बोर्डले ११ कक्षामा १ विषयमा अनुत्तीर्ण भएका परीक्षार्लाथीको माघ ८ गते मौका परीक्षाको लिने छ ।
परीक्षाको नतिजा १६०१ मा डायल गरेर सुन्न सकिन्छ । यसैगरी बोर्डको वेबसाइट http://neb.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline