आन्दोलन थप शसक्त बनाउने एमालेको निर्णय

आन्दोलन थप शसक्त बनाउने एमालेको निर्णय

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, मंसिर ३० ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संविधान संशोधन विधेयकविरुद्ध संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

एमालेको स्थायी कमिटीको बैठकले संविधान संशोधन विधेयक असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित विपरित रहेको भन्दै आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउदै केन्द्रिय प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधेयक फिर्ता गरी आगामी चुनावका लागि राजनीतिक शक्तिहरु बीचमा सहमतिको वातावरण बनाउदै आन्दोलन जारी राख्ने निर्णय भएको बताउनु भयो ।
जनप्रतिनिधिमूलक निकायको चुनाव हुनु अहिलेको अनिवार्यता रहेको उल्लेख गर्दै एमालेले २०७४ माघ अगाडि नै प्रतिनिधिसभासहित सबै तहको चुनाव गर्न पनि माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ