नेपाल एसिया कप क्रिकेटमा श्रीलङकासँग १ रनले पराजित

नेपाल एसिया कप क्रिकेटमा श्रीलङकासँग १ रनले पराजित

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,३० मंसिर ।
एसिसी अण्डर १९ एसिया कप क्रिकेट अन्तरगत समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकसँग १ रनले पराजित भएको छ ।
घरेलु मैदानमा आज भएको खेलमा आयोजक तथा टेस्ट मान्यताप्राप्त श्रीलंकाले नेपाललाई ४९ दशमलव ३ ओभरमा अलआउट गर्दै १ रनले जित हासिल गरेको हो ।
२ सय २८ रनको विजय लक्ष्य पाएको नेपालले ४९ दशमलव ३ बलमा ओभरमा २ सय २६ रन बनाएको थियो ।
तीन बल बाँकी हुँदा नेपाललाई जितको लागि २ रनको आवश्यकता थियो । श्रीलंकाका प्रविन जयविकर्माले दीपेन्द्रसिंह ऐरीलाई एलबिडब्ल्यु धरापमा पारे र नेपालको सबै विकेट पतन भयो ।
टस जितेर नेपालले पहिला श्रीलंकालाई व्याटिङको निम्तो दिएको थियो । श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।
श्रीलंकाको तर्फबाट असिता बोयागोदाले १ सय २ बलको सामना गर्दै सर्वाधिक ८३ रन बनाए । यसैगरी असेन बन्दराले ४८ रन जोडे ।
खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरेका थिए । नेपालका कमलसिंह ऐरीले ८ ओभर बलिङ गर्दै ३ विकेट लिए भने पवन सर्राफले २ विकेट लिए ।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० रन जोडे ।यस्तै अभिशेक कर्णले ४० रन बनाउदा आदिल खानले ३९ रन जोडे । प्रकास केसिले १४ रन , कमल सिंहले ९ रन तथा भिम सार्किले ८ रन बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी