एसिया कप क्रिकेटमा नेपाललाई २२८ रनको लक्ष्य ,जवाफि व्याटिङ जारी

एसिया कप क्रिकेटमा नेपाललाई २२८ रनको लक्ष्य ,जवाफि व्याटिङ जारी

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ ,मंसिर ३० ।
एसिसी अण्डर १९ एसिया कप क्रिकेट अन्तरगत समूह चरणको पहिलो खेलमा नेपालले २२८ रनको लक्ष्य पाएको छ ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले नेपाललाई २२८ रनको लक्ष्य दिएको हो ।

घरेलु मैदान टस हारेर श्रीलंकाले निर्धारित समयमा ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रन बनायो ।

हासिथा बोयागोडाले ८३ तथा अशेन बान्दाराले ४८ रन बनाउँदै श्रीलंकालाई राम्रो स्थितिमा र्पुयाएका हुन् ।

टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाविरुद्ध कसिलो बलिङ प्रदर्शन गरेको नेपाली टोलीका कमलसिंह ऐरीले तीन, पवन सर्राफले २ तथा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालले बाँकी २ विकेट रनआउटमार्फत् लिएको थियो ।

नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ ।

समूह ‘बी’मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी