काठमाडौं, मंसिर ३० ।
काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रभित्र अवैधानिक रुपले निर्माण गरिएको घर टहरा भत्काएको छ । बसपार्क अव्यवस्थित भएको भन्दै महानगरपालिकाले डोजर लगाएर करिब चार सय घरटहरा भत्काएको हो ।
बसपार्क्भित्रको जग्गा अतिक्रमण गरेर टहरा बनाइएको र पटक–पटक टहरा छाड्नका लागि सूचना जारी गरे पनि स्थानीयले अटेर गरेकाले सो टहरा भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीय बासिन्दाले भने महानगरपालिकाले खबर नगरी टहरा भत्काएको भन्दै विरोध गरेका छन् । सर्वसाधारणले जीविकोपार्जन गर्न खोलिएका साना चिया पसल, किनारा पसल भत्काएर सरकारले अन्याय गरेको आरोप लगाएका छन् ।
भत्काइएका घर टहराको क्षतिपूर्ति दिनुपर्ने र वैकल्पिक स्थानको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline